सोमवार, बैशाख २४, २०८१

प्रम ओलीको शक्ति केन्द्रीकरण गर्ने प्रवृत्ति एवम् दुई तिहाईको दम्भ अधिनायकवाद परिलक्षीत : अध्यक्ष राणा

भक्तपुर असार २१,  राप्रपा प्राजातान्त्रिकका पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले संसदमा गृह मन्त्रीले डा गोबिन्द केसी प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको बताउनु भएको हो ।

त्यस्तै उहाँले साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले अब छिट्टै नै छरियर रहेका राप्रपाहरु एक स्थाना उभिने बताउँदै प्रम केपी ओलीले सम्पत्ति शुद्धीकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्द्रीकरण गर्ने प्रवृत्तिको संकेत भएको जनाउ दिदै सर्वोच्च अदालतले बालकृष्ण ढुँगेलका हकमा सुनायको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकिकरणको मूल सिद्धान्तको समेत खिल्ली उडाएको बताउनु भएको छ ।

साथै उहाँले केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा आयोगले र डाक्टर केसीले सिफारिस गरेको प्रवाधान सहितको बिधेक पारित नभए सम्म मेडिकल माफियाहरुको राज चलिरहने भन्दै प्रम ओलीको चीन भ्रमण सफल रहेको भन्दै उहाँले उत्तर र दक्षिण तर्फ नेपालको निकासी बढाउने ठोस योजनाहरु ल्याउन नसकेको समेत बताउनु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।