सोमवार, बैशाख २४, २०८१

कामपाद्दारा श्रावणबाट राजधानीमा स्मार्ट पार्किङको अवधारणा कार्यान्वयन गर्ने

 काठमाडौ असार २१, काठमाडौ महानगरपालिका आगामी आवको सुभारम्भ अर्थात श्रावणदेखि राजधानीमा बढ्दो अव्यवस्थित पार्किङको समस्यालाइ सम्बोधन गर्ने लक्ष्य सहित स्मार्ट पार्किङको अवराधारा कार्यान्वयन गर्ने भएको छ ।

स्मार्ट पार्किङ अर्थात सवारी आवागमनको निकै चाप हने राजधानीको अति व्यस्त क्षेत्र त्र दरबारमार्ग र नयाँ सडकमा स्मार्ट पार्किङका लागि त्यस ठाउँमा पुग्नु पूर्वनै पार्किङ क्षेत्र बुक गर्ने प्रणाली अन्र्तगत परिक्षण स्वरुप प्रस्ततु पार्किङको अवधारणा कार्यान्वयन गर्ने तयारीका कामपाको रहेको जनाएको छ ।

प्रस्तुत अवधारणा अनुरुप कोही व्यक्ति दरवारमार्ग जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिले नै त्यस स्थानमा रहेको सवारी पार्किङ क्षेत्रमा स्थान सुरक्षित गरिने र सवारी त्यस क्षेत्रमा पुगेपछि   दर्ता गरिएको सवारीको नं सही छ वा छैन भनी सेन्सरले जाँच गर्दै दर्ताभएको सवारी साधनलाइ पार्किङको सुविधा उपलब्ध गराइने बताईएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।