मङ्लबार, बैशाख २५, २०८१

नेपाल डेमोक्र्याटिक्स लयर्सका एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं साउन १४ ,  नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्सका एसोसियसनको सम्पन्न १० औँ राष्ट्रिय अधिवेशनले (डीएलए) को अध्यक्षमा योगेन्द्रबहादुर अधिकारीलाइ निर्वाचित गरेको छ ।  अधिकारीले ४ सय ३१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी सिताराम केसीले ३ सय ३४ मत त्यस्तै गरि अर्का उम्मेदवार रामकुमार श्रेष्ठले ४२ मत मात्र प्राप्त गरेका थियो ।

 तयस्तै एसोसियसनको वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् भने प्रदेश उपाध्यक्षमा प्रदेश नम्बर १ बाट मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु