शनिबार, बैशाख १५, २०८१

जुस खुवाएर गंगामायाको अनशन तोडियो  

 काठमाडौ असार २९,  छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै  वीर अस्पतालमा आमरण अनशनमा बस्नुभएका गोर्खा फुजेलकी गंगामाया अधिकारी  आज अनशन तोड्नुभएको छ ।   गंगामायाको  छोराको हत्याका आरोपित छविलाल पौडेल सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेपछि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा जुस खुवाएर अधिकारीलाई अनशन तोड्नु भएको हो  ।

त्यसक्रममा   मन्त्री तामाङले   गंगामायालाई कहिल्यै अनशन बस्न नगरिकन न्याय दिलाउने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको  थियो भने   आयोगका अध्यक्ष शर्माले दोषीलाई कारबाही हुने प्रक्रिया सुरु भएको  बताउँनु भएके  थियो ।  स्मरण रहोस छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारीको श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा विस २०७१ असोज ६ गते निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।