शनिबार, बैशाख १५, २०८१

इन्टरनेटमा बढेको शुल्क घट्यो ,अव पुरानै मुल्यमा

 काठमाडौ साउन १०,  इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ ।  सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको छलफलमा इन्टरनेटको सेवामा लाग्ने भनिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क नलाग्ने निर्णय गरेसंगै सेवा प्रदायकले उपभोक्तालाई कुनै पनि प्रकारको थप शुल्क लिने नपाउँने भएको छ ।
आर्थिक ऐन, २०७५ बमोजिम यही साउन १ गतेदेखि लाग्ने भनिएको थप शुल्क नलाग्ने निर्णय भएको हो । इन्टरनेट मूल्यको सवालमा चौतर्फी दवाव र विरोध भपछि मन्त्रालयले इन्टरनेट मूल्य समायोजनका लागि सहसचिव विरेन्द्र कुमार मिश्र, नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल र इन्टरनेट सेवा प्रदायकका तर्फबाट विनय बोहोरा सदस्य रहेको कार्यदल गठन गरेका ेथियो ।

 तर आजको सहमतिपछि मन्त्रालय र सेवाप्रदायक कम्पनीवीच भएको  सहमति र कार्यकदलको सिफासिर अनुरुप साउन १ गतेदेखि इन्टरनेट सेवा प्रदायकले बढाएको शुल्क नलिने निर्णय भएको मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गर्दै उपभोक्ताले तिर्ने इन्टरनेट सेवाको मूल्यमा पुरानै मुल्य कायम भएको र कुनै पनि किसिमको वृद्धि नभएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

–––