शुक्रबार, बैशाख १४, २०८१

४ लाख ८५ हजार एसईई परीक्षाका परीक्षार्थीको नतिजा आज

 काठमाडौं असार ९,  राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज दिउँसो ४ बजेसम्ममा प्रकाशित गर्ने तयारी भइरहेको जनाएको छ । पनिकाका अनुसार आजै ३ बजेबस्ने बोर्ड बैठक लगत्तै डाकिएको छ । ४ बजे पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिकको घोषणा गर्ने भएको छ ।

गत वर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाका १ हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी रहेको पनिकाले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।