आइतवार, बैशाख १६, २०८१

सनराइज बैक र पशुपति क्षेत्र विकास कोषबीच काउण्टर सञ्चालन सम्झौता

काठमाडौं असार १५, सनराइज बैंक लिमिटेडले आफ्ना सेवा बिस्तार गर्ने क्रममा पशुपति क्षेत्र विकास कोष संग पर्यटक प्रवेश काउण्टर संचालन सम्बन्धी सम्झौता गरेको छ ।  पशुपति क्षेत्र विकास कोष र सनराइज बैंक लिमिटेडबीच आज भएको सम्झौता अनुरुप विभिन्न मुलुकबाट पाशुपत क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकलाई सुविधा दिने लक्ष्यअनुरुप क्रमशः तिलगंगा, वत्सलेश्वरी, गुहेश्वरी र महास्नान घर अगाडि रहेको पर्यटक काउण्टरबाट टिकट बिक्रीका लागि सञ्चालन गरिने भएको छ ।

सम्झौतामा कोषका तर्फबाट सदस्य सचिव डा प्रदीप ढकाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नु भएको छ ।  सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंक संचालक समितिका संचालकहरु ई.बच्छराज तातेड, श्री ज्योति कुमार बेगानी, श्री ओम कृष्ण जोशी तथा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष, परिषद सदस्यहरु, कार्यकारी निर्देशक, बरिष्ठ निर्देशक लगाएत उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।