सोमवार, बैशाख २४, २०८१

प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुद्दारा पदभार ग्रहण

काठमाडौं बैशाख २५ , नेपाल पत्रकार महासंघको गत २२ गते सम्पन्न प्रदेशसभाको निर्वाचनबाट निर्वाचित उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज एक कार्यक्रमकावीच पदभार ग्रहण गरेको छ ।
महासंघमा आज आयोजित पदभार ग्रहण कार्यक्रमलाइ सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आर्चायले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ बधाई तथा पूर्ण कार्यसफलताको शुभकामना दिदै निर्वाचित प्रदेश कमिटिले महासंघका तल्लो कमिटिको अनुगमन तथा सदस्य वितरण गर्ने लगायताका अधिकार राख्ने भन्दै केन्द्रसंग सहकार्य गरेर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
त्यस्तै महासंघका महासचिव रमेश विष्टले निर्वाचित सबैलाइ बधाइ दिदै महासंघको प्रदेश समिति निर्वाचन संगै महासंघ आधिकारिक रुपमा संघिय ढाँचामा प्रवेश गरेको बताउँदै पत्रकारका पेशागत सुरक्षा तथा अन्य समस्याहरुमा महासंघ केन्द्रसग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समिति संयोजक बबिता बस्नेतले निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा सफलताको शुभकामना दिनुभएको उक्त कार्यक्रममा उपत्यका प्रदेश समितिमा निर्वाचित एन के दाहाल, प्रतिष्ठान प्रदेश समिति अध्यक्ष शेखर अधिकारी तथा एसोसियट प्रदेश समिति अध्यक्षमा निर्वाचित केपीले ढुंगानाले धारणा राख्नु भएको थियो ।

उपत्यका प्रदेशकार्य समितिको पहिलो बैठक :  समानुपातिक विज्ञापनको तत्काल कार्यान्वयन र न्यूनतम पारिश्रमिकको पुनरावलोकन गर्न माग

 यसैवीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशकार्य समितिको सञ्चारग्रामस्थित महासंघ मुख्यालयमा सपथग्रहण लगत्तै अध्यक्ष एनके दाहालको अध्यक्षतामा केन्द्रीय अध्यक्ष गोविन्द आर्चाय ,महासचिव रमेश विष्ट र सचिव रामप्रसाद दाहालको आतिथ्यतामा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठक बसेको छ ।

बैठकले महासंघ आधिकारिक रुपमा संघिय संरचनामा प्रवेसगरेसंगै बनेको महासंघको प्रस्तुत नयाँ संरचनाको अन्र्तगत निवौर्चित कार्यसमितिले निर्वासमिति , मतदाता संगै सिङगो महासंघको केन्द्रीय समितिप्रति धन्यवाद ज्ञापन गर्नुको अलावा बनेको समितिको कार्यालय एवमु आन्तरिक व्यवस्थापनको लागि क्रमस महासचिव श्रीजन झाको संयोजकत्वमा सदस्यहरु विरबहादुर लामा, गणेश उप्रेती, लक्ष्मी गारु,केदार भटटराइ रहने गरि समिति गठन गरेको छ ।

त्यस्तै समितिका कोषाध्यष टेनिस रोक्काको संयोजकत्वमा सदस्हरु प्रवीण चौधरी, सागर पन्त, कालिका महत र भगवती थापा रहको कार्यालय व्यवस्थापन समिति समेत गठन गरेको छ ।   त्यस्तैगरी बैठकले समानुपातिक विज्ञापनको तत्काल कार्यान्वयन गर्नुको अलावा सञ्चारकर्मीको न्यूनतम पारिश्रमिकको पुनरावलोकन सहित पूर्णरुपमा लागु गर्न समेत माग गरेको छ ।  बैठकलाइ केन्द्रीय अध्यक्ष आचार्य महासचिव विष्टले शुभकामना दिनुभएको प्रदेश कार्यसमितिका महासचिव श्रीजन झाले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।