सोमवार, बैशाख २४, २०८१

धर्म गुरु श्रीनिवास आचार्यमाथि मुद्धा दर्ता

काठमाडौं बैशाख २५,   विराटनगरको जतुवास्थित रामजानकी मन्दिरमा कथा वाचन गर्न आएका बेला गत चैत २५ गते गोली प्रहारबाट घाइते भएका आचार्यकोयुवा धर्म गुरु श्रीनिवास आचार्यमाथि जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ ।

आफैंलाई गोली हान्न लगाएको आरोपमा सोमबार प्रहरीले काठमाडौंमा पक्राउ पक्राउ परेका आचार्यमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट आज १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । त्यस्तै आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर नगरपालिका बेलचौंकका माधव जोशी र नवलपरासी गैंडाकोटका लक्ष्मीराज अधिकारीलाई पक्राउ गरी कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान  थालेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।