शनिबार, बैशाख १५, २०८१

डीआईजीमा बढुवाका लागि १६ एसएसपीको नाम सिफारिस

काठमाडौ बैशाख २५, नेपाल प्रहरीको बढुवा समितिको सोमवार बसेको बैठकले प्रहरी नायब महानिरीक्षकमा डिआईजी बढुवा गर्न सोमबार गरेको निर्णय १६ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।   चैत २८ गतेदेखि रिक्त रहेका २३ डिआईजीमध्ये १६ को मात्र बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

। यसरी बढुवाका लागि सिफारिश भएका एसएसपीशरुमा क्रमस केदार रिजाल, शेरबहादुर वस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रवीन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसीरहेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।