सोमवार, बैशाख २४, २०८१

ओली सरकारको नीति तथा कार्यक्रम ज्येष्ठ १ मा

काठमाडौ बैशाख १९,  एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते राष्ट्रपतिबाट प्रस्तुत हुने भएको छ । सभामुख कृष्णबहादुर महराले आज पत्रकार सम्मेलनको आयोजना गरी जेठको पहिलो साता सरकारको नीति तथा कार्यक्रममाथि छलफल भई पारित गर्ने सदनको कार्यक्रमका बारेमा जानकारी दिनु भएको हो । त्यस्तै पत्रकार सम्मेलनमा राष्ट्रिपति विद्यादेवी भण्डारीले संघीय संसद्को द्वितीय अधिवेशन यही वैशाख २३ गतेका लागि आह्वान गर्नुभएको जानकारी दिदै सभामुख महराले बैठकमा अधिवेशन अघि जारी अध्यादेश प्रस्तुत हुने बताउनु भएको छ ।

सभामुख महराले वैैशाख २४ देखि २६ गतेभित्र नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि सिद्धान्त र प्राथमिकतामाथि छलफल, संशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश स्वीकृत गरिने जानकारी गराउनुभयो ।  साथै उहाँले जेठ १५ गते संविधानबमोजिम राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने, जेठ १७ गते बजेटमाथि सैद्धान्तिक छलफल एवम् अर्थमन्त्रीबाट प्रत्युउत्तर दिने कार्यक्रम रहेको जानकारी दिदै असारको अन्तिम सातादेखि सदनमा प्राप्त संविधान कार्यान्वयनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल गर्ने र दर्ता हुन आएका सार्वजनिक महत्वका प्रस्ताव, संकल्पलगायतका प्रस्तावमाथि छलफल हुने बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।