शुक्रबार, बैशाख १४, २०८१

पुनर्निर्माण कार्यप्रगतिको सवालमा राष्ट्रपतिको जिज्ञासा

काठमाडौ वैशाख १२,   राष्ट्रपति विद्यादेवी भण्डारीले आज २०७२ बैशाख १२को महाभूकम्पबाट क्षत विक्षत विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार र इसापूर्व दोस्रो शताब्दीमा बनेको काष्ठमण्डप क्षेत्रको पुनःनिर्माणको भइरहेको कार्यप्रगतिको सवालमा जिज्ञासा राख्नु भएको  छ ।

बुधबार यस क्षेत्रको अवलोकन गर्ने क्रममा उहाँले सरोकारवाला निकायका अधिकारीहरुसंग यस्तो जिज्ञासा राख्नु भएको हो ।  त्यसअवसरमा उहाँले  अमेरिकी सरकारबाट पुनःनिर्माण भइरहेको गद्दी बैठक, चीन सरकारबाट भइरहेको ९ तले दरबारको पुनःनिर्माण र जापान सरकारबाट भइरहेको पुनःनिर्माण कार्यको  अवलोकन  सहित   राष्ट्रपति भण्डारीले   काष्ठमण्डप, हनुमान ढोका दरबार परिसरका सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको चासोपूर्वक जानकारी लिनुभएको थियो । फोटो : विष्णु विष्ट 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।