आइतवार, बैशाख १६, २०८१

NCDA विरुद्ध थोकऔषधि व्यवसायी आन्दोलित

काठमाडौं फागुन २४ , नेपाल औषधि व्यवसायी संघ कोसीले स्थानीय औषधि व्यवसायीको व्यापारिक अधिकार माथि नियोजित प्रहार गर्दै यो वा त्यो वहानामा एकाधिकार कायम गर्न खोजेको भन्दै स्थानीय औषधि व्यवासायीहरु आन्दोलित भएका छन । नेपाल औषधी थोक ब्यबसायी संघ प्रदेश न १.का संयोजकत्वमा किरण दासको संयोजकत्वमा सरोकारवाला संघसंस्थाका संघ सस्थाकाप्रतिनिधी संग शुक्रवार विशेष तथा आपतकालीन छलफल गर्दै औषधि व्यवसायी संघ कोसीले LOC को नाममा सम्पूर्ण  स्थानीय  औषधि व्यवसायको क्षेत्रमा बदनियत तथा एकाधिकार कायम गर्ने योजनाको तिव्र विरोध गर्ने भएको छ ।

Posted by Pdan Biratnagar on Wednesday, 7 March 2018

संविधान प्रदत अधिकार विपरित औषधि व्यवसायी संघ कोसी यस  अघिपनि विभिन्न वहानामा यस किसिमको हर्कत गरेको जनाउँदै संयोजक दासले हामीसंगको टेलिफोन सम्पर्कमा भने शुक्रवार छलफल गछौं अनि आवश्यकता अनुरुप आन्दोलनको घोषणा गछौं खुला बजार र कानुनी राज्यको धज्जी उदाउँदै संघले लाड्न खोजेको एकाधिकार कदापी मान्य नहुने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।