शनिबार, बैशाख १५, २०८१

कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने मुख्यमन्त्री शाहीको प्रतिवद्धता

भक्तपुर चैत ८,  प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनु भएको छ ।   रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले ६ नं प्रदेश गरिबी र आर्थिक अभावकावीच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रुपमा विकास गरि भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित गराउने जिकिर गर्नु भएको हो ।

त्यस्तै उहाँले देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक बिकासमा टेवा पुुर्याउने भन्दै शाहिले कर्णाली प्रदेशलाई स्वायत प्रदेशका रुपमा केन्द्र सरकारले कानुनमै सम्बोधन गर्नु पर्ने बताउनु भयो । प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको र यसले अवको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना बिभिन्न गतिबिधिलाई तिब्रताका साथ कार्यान्वयनमा ल्याउने बताउनुु भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।