शुक्रबार, बैशाख १४, २०८१

समानुपातिक उम्मेदवारको सुचीमा त्रुटी, आयोगले सुक्ष्म छानविन गर्दै

काठमाडौं पौष १७ , निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सुचीमा त्रुटी रहेको जनाउँदै त्यसको छानविन शुरु गरेको छ । आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनुभएको समानुपातिक निर्वाचन कार्यालयले त्यसको छानविन गरेको हो ।

’आयोगले उम्मेदवारको नामावली क्रमसुचीअनुसार छ र छैन, समानुपातिक कलस्टरअनुसार छ कि छैन भनेर छानविन गरिरहेको छ आगोगले जनाएको छ ।   आयोगले छानविन कार्य सकेर त्यसलाई सच्याएर ल्याउन आईतबार नै पत्र लेख्न तयारी गरेको खवर आजको समाचारपत्रमा प्रकाशित रहेको छ ।