शनिबार, बैशाख १५, २०८१

परिवार दलको जनमुखी निर्णय: शीतलहर प्रभावितलाइ राहत सामग्री वितरण गर्ने

काठमाडौ पुस ३० तराई–मधेसका जिल्लामा व्यापक रूपले बढिरहेको शीतलहरका कारण त्यहाँको जनजीवन प्रभावित हुदै स्थानीय जनवीवन दिननुदिन कष्टककर बन्दै गर्दै अवस्थालाइ दृष्टिगत गर्दै  नेपाल परिवार दलले शीतलहर प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्ने निर्णय गरेको छ । आइतबार उपत्यकामा उपलब्ध दलको केन्द्रीय सदस्यहरूको बैठकले सो निर्णय गरेको पूर्वमन्त्री एवम् दलका अध्यक्ष अध्यक्ष एकनाथ ढकालले जानकारी दिनु भएको छ ।

अध्यक्ष ढकालका अनुसार आजको बैठकले तराई–मधेशका रौतहट, बारा, पर्सा, सप्तरी, सिरहा, धनुषा र महोत्तरी लगायतका जिल्लाका शीतलहरबाट प्रभावित परिवारलाई भेटेर कम्तीमा ५ सय थान कम्बल वितरण गरिने निर्णय गरेको जनाउदै  माघ २ गतेबाट राहत सामग्री उल्लिखित जिल्लामा वितरण गरिने बताउनु भएको  छ ।

त्यस्तै प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले दिएको मतादेशको कदर गर्दै उनीहरूलाई मर्का परेको बेला साथ दिनु आफूहरूको कर्तव्य रहेको ठहर गर्दैए यस्तो निर्णय गरेको दलका महामन्त्री विनोद डाँगी बताए ।   त्यस्तै बैठकले निर्वाचन सफल पार्न भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद समेत दिएको छ । साथै ताजा जनादेशको आधारमा नयाँ वामपन्थी सरकारको गठनका लागि सरकारलाइ मार्गप्रशस्त गर्नपनि आग्रह गरेको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।