शुक्रबार, बैशाख १४, २०८१

एक महिना नवित्दै पेट्रोलियम पदार्थको मूल्यमा थपमूल्यवृद्धि

काठमाडौ पुस ४,  नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमका अनुसार आज मध्यरातबाट लागु हुने पेट्रोलियम पदार्थको बढ्दो  मूल्यवृद्धि अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १ र १ का दरले मूल्यवृद्धि भइ प्रतिलिटर पेट्रोलको रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम हुने जनाएको छ ।

पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गरिएको निगमलको भनाइ रहेको छ । यसअघि निगमलृ मंसिर २२ गते मूल्यवृद्धि गरेको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।