शनिबार, बैशाख १५, २०८१

सवारी पासका लागि काठमाडौं प्रशासनमा नयाँ व्यवस्था लागु

काठमाडौ साउन २२,

कोभिड संक्रमणको बढ्दो जोखिमसंगै सरकारले आजबाट अत्याआवश्यक वाहेक निजी र सार्वजनिक सवारीमा पुन जोर विजोर प्रणाली कायम गरेसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ ।

प्रशासनले जारी गरेको सूचनामा पास लिनकै लागि कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौँ प्रशासनमा अघिल्लो दिन निवेदन दिएर भोलिपल्ट मात्रै पास लिन पाउने व्यवस्था गरेको प्रशासनले जनाएको छ ।

त्यस्तै प्रशासनले जारी गरेको विज्ञप्तिमा काठमाडौमा पछिल्लो समयमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले आवागनमा कडाइ गरिएको तथा सीमा नाकामा निगरानी बढाइएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।