शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा सार्वजनिक यातायात सहितका सबै सेवा ३ साताको लागि बन्द गर्ने मेयर फोरम’को निर्णय

काठमाडौ साउन २६,

 काठमाडौ उपत्यकाभित्रका स्थानीय तह अन्र्तगत निर्वाचित प्रमुखहरुको संगठन ‘नगरपालिका मेयर फोरमका पदाधिकारी र ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र सीसीएमसीका पदाधिकारी सहितको आज बसेको बैठकले उपत्यका भित्र समूदाय स्तरमा कोभिड संक्रमणको उच्च जोखिम देखिएको निष्कर्ष सहित भिडभाड कम गर्न अत्यावस्यक बाहेकका सबै सेवा ३ साताको लागि बन्द गर्ने निर्णय गरेका छन् ।

बैठकले सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन आएसंगै कोभिड संक्रमणको जोखिम रफ्तारमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा आगामी भाद्र १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै उद्योग तथा कलकारखानाभित्रै ‘क्वारेन्टिन’को व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछिमात्रै सञ्चालन गर्न दिने त्यस्तै ९याली, भेला, अनसन, जुलुुस लगायतका सवै किसिमका गतिविधि गर्न कडाईका साथ निषेध गर्ने र भिड हुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा रोक लगाउने र तरकारी व्यापारलाई साँझ विहान मात्र सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकल मार्फत गरिने व्यापारलाई भदौं १५ गते सम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तैगरि सामाजिक सुरक्षा भत्ता प्रयोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्मका लागि कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय संगै उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत फोरमले गरेको छ ।

साथै मास्क नलगाइ आवत–जावत गर्न तथा मास्कलाई उपयुक्तरुपमा प्रयोग नगर्नेहरुलाई कारबाही गर्ने व्यापारिक क्षेत्र तथा सपिङ महलहरु, होटल, रेस्टुरेन्ट आदि कोभिड–१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकोले उच्च सतर्कता मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।