शनिबार, बैशाख १५, २०८१

कोभिड संक्रमणबाट थप ३ को मृत्युसंगै ७० जनामा सङ्क्रमित थपिए

काठमाडौं असार २७, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकमा ७० जनामा कोभिड सङ्क्रमित थपिएको जनाएकोछ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको तीन हजार ६४८ नमूना परीक्षणमा ७० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । आज पहिचान भएका संक्रमितको सख्या संगै कोभिड १९ सङ्क्रमितको सङ्ख्या १६ हजार ७१९ पुगेको छ ।

त्यस्तै मन्त्रालयले हालसम्म कूल सङ्क्रमितको ५०.५ प्रतिशत उपचार पछि निको भएको जनाउदै हाल सम्म डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ हजार ४४२ पुगेको जानकारी दिएको छ भने क्वारेन्टिनमा रहनेको सङ्ख्या २४ हजार ९७ छ भने आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार २३९ रहेको जनाएको छ ।

 त्यस्तै  मन्त्रायका अनुसार आज पहिचान भएक संक्रमितहरुमध्ये सिन्धुपाल्चोक र दाङमा ५/ ५ सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कञ्चनपुरमा ४ /४ मोरङ, काठमाडौ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा ३/ ३ , झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/ २ , सिरहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछाममा १/ १ जना रहेको जनाएको छ ।  साथै काठमाडौं महानरपालिका १० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर(४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएसंगै संक्रमणका कारण मृत्यु हुनेको सख्या ३८ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले कोभिड–१९ भाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता गौतमले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कोरोनालाई भयावह हुने अवस्था आउन नदिन आह्वान गर्नुभयो । उहाँले सबै प्रकारको जमघट तथा भेलामा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, घरबाहिर जाँदा मास्क अनिवार्य प्रयोग गर्ने, सबै सर्वजनिक स्थल तथा कार्यलयले परिसरमा हात धुने तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउने र भवन प्रवेश गर्दा हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्न आग्रह गर्नुभएकेछ ।

हात धुने बेसिन, शौचालय तथा स्नानघरबाट कोरोना सङ्क्रमणको जोखम हुने भन्दै उहाँले दाँत माझ्नेलगायत दैनिक प्रयोगका सामग्री बेसिनमा नराख्न पनि अनुरोध गर्नुभयो । प्रवक्ता प्राडा गौतमले धेरै प्रयोग हुने ढोका, मेशिनका ह्यान्डिल, टेबल तथा अन्य सामग्रीहरु ‘डिसइन्फेक्टेड’ गरी नियमित सफा गर्न आवश्यक रहेको बताउनुभएकोछ । साथै कोभिड–१९ लाई महामारीका रुप लिन नदिन आवश्यक तयारी गर्ने समय आएको उल्लेख गर्दै उहाँले सबैको सामान्य सावधानी र तयारीले कोभिड महामारी रोकथाम गर्न सहयोग पुग्ने बताउनुभयो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।