बुधबार, बैशाख २६, २०८१

भूमि फिर्ता ल्याउन कांग्रेसले सरकारलाइ पूर्ण सहयोग गर्ने सभापति देउवाको उद्घोष

राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउने प्रचण्डको जनाउ

काठमाडौं जेठ ३१ , प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर दउवाले राष्ट्रियता र नेपालको गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएको बताउनभएको छ ।

त्यस्तै सभापति देउवाले कांग्रेस केन्द्रीय समिति र संसदीय दलले समेत संविधानमा नक्सा संशोधनका लागि पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको बैठकमा जानकारी दिदै नक्सा पारित गर्न एक भएजस्तै भूमि फिर्ता ल्याउन पनि सम्पूर्ण नेपाली एक हुनुको विकल्प नभएको बताउदै यसको लागि कुटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन कांग्रेसले विपक्षी दलको हैसियतामा सरकारलाइ पूर्ण सहयोग गर्ने समेत बताउनुभयो ।

त्यस्तै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेपनि तत्कालीन राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउँदै भारतकै कारणले नेपालले आफ्नो नक्सा जारी गर्नुपरेको बताउनुभयो ।  साथै भारतसँग वार्ता र संवादमार्फत समस्याको समाधान गर्ने प्रयास गरिएको भए पनि भारतले चासो नदेखाएका कारण नक्सा जारी गर्नुपरेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु