शुक्रबार, बैशाख ७, २०८१

प्रेस सेन्टरद्धारा पत्रकारलाई मास्क, पञ्जा लगायत स्वास्थ्य सामाग्री वितरण

  • अरुणा मानन्धर

काठमाडौ जेठ ३१, विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको नियन्त्रण तथा रोकथामको सन्दर्भमा फिल्डमा खटिएका पत्रकारलाई आज एक कार्यक्रमबीच प्रेस सेन्टर नेपालले प्रेस ज्याकेट, माक्स, पञ्जा लगायतका सामाग्री वितरण गरेको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिद्धारा आज नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित ‘कोरोना प्रकोप नियन्त्रणमा पत्रकारको भूमिका विषयक छलफल तथा पत्रकार सुरक्षा सामाग्री वितरण कार्यक्रम’ बिच ति सामाग्रीहरु वितरण गरिएको हो ।

महासंघको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीको प्रमुख आतिथ्यता  र प्रेस सेन्टरको ३ न प्रदेशका अध्यक्ष सुमन वाङ्देन लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष जैसीले आफ्नो संगठनले कोरोना नियन्त्रणको सन्दर्भमा फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षित उपकरणको प्रवन्ध, विशेष उपचार कोषको व्यवस्था, नियमित स्वास्थ्य जाँचको निशुल्क र सहज व्यवस्था, सूचना संकलनमा सहजताको वातावरण निर्माण लगायतका माग गर्दै सत्य समाचारले मानिसलाई कोरोनासँग लड्न हिम्मत दिने र सतर्कता अपनाउन सघाउने भएकाले कोरोना नियन्त्रणको अभियानमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।

हुम्लाबाट पूर्व संसद समेत रहेका नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीले कोरोनासँग जित्नका लागि मानिसको मनोवल बढाउदै उच्च सतर्कता अपनाउनुपर्ने र त्यसमा पत्रकारहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउदै पत्रकारहरुलाई आवश्यक पर्ने सुरक्षा उपकरण राज्यले विना पक्षपात सहज रुपमा दिनुपर्ने बताए ।

त्यस्तै आषाढ २ गते दश दलिय मोर्चाद्धारा काठमाडौंको माईतिघरमा एमसीसी लगायतका राष्ट्रघाती सड्यन्त्रहरुको विरोधमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई सहभागिताका लागि आग्रह समेत गरिएको उक्त कार्यक्रममा प्रेस सेन्टरका प्रदेश तीन अध्यक्ष सुमन ३ न प्रदेशका सचिव अरुणा मानन्धर लगायलते वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु