शनिबार, बैशाख १५, २०८१

वाग्मती प्रदेशका क्रियाशील ७०५ पत्रकारको कोभिड बीमा

काठमाडौं असार ४ ,  वाग्मती प्रदेशमा कार्यरत ७०५ क्रियाशील पत्रकारको आज कोरोना बीमा गरिएको छ । प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा कोभिड –१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारको बीमा गरिएको सञ्चार रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

कोभिड संक्रमणको पिसिआर परीक्षणमा सङ्क्रमित भएको प्रमाणित भएमा बीमित पत्रकारले रु १ लाखको बीमा युनाइटेड इन्सुरेन्स कम्पनीबाट पाउने जनाइएको छ ।
वाग्मती प्रदेश अन्र्तगतका  १३ वटै जिल्लामा क्रियाशील पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बीमामा समेटिएको सञ्चार रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।