शुक्रबार, बैशाख १४, २०८१

बन्दाबन्दीको समयमा गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको आदेश

काठमाडौ जेठ २८, सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता रोशनी पौडेलले बन्दाबन्दीको समयमा गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक महामारीका समयमा जोखिममा परेको उल्लेख गदैं दायर गरेको रिट निवेदनमाथिको सुनुवाइको क्रममा न्यायाधीशद्दय डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले कोभिड १९ को महामारीका बेलामा खासगरी सुत्केरी, गर्भवती वा ससाना बालबालिको ध्यान दिन भन्दै सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

त्यस्तै जारी आदेशमा मुलुकको संविधानले सुरक्षित मातृत्व र प्रजनन अधिकारलाई महिलाको हकका रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै  नाबालक शिशु र बालबालिकालाई दिनुपर्ने खोप नियमित गर्न र छ । आदेशमा सीमा प्रवेश गर्दादेखि नै क्वारेन्टिन वा आइसोलेशनमा रहँदासम्म महिलाको विशेष सुरक्षा गर्न, क्वारेन्टिनमा रहेका महिलालाई सुरक्षाका साथ अलग राखी विशेष हेरचाहको व्यवस्था गर्न भनेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।