शुक्रबार, बैशाख १४, २०८१

शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् : राष्ट्रपति

गौतम बुद्धले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय : उपराष्ट्रपति

काठमाडौ बैशाख २५ , २५६३ औँ बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड(१९ को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।
साथै आफ्नो सन्देशमा विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा सहित  बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आधारस्तम्भ गौतमबुद्धले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताउनुभएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना   व्यक्त गर्नु भएको छ ।

उपराष्ट्रपति पुनले गौतमबुद्धले दिएको उपदेशलाई हृदयङ्गम् एवं आत्मसात् गर्न सकिएमा कोरोना भाइरसलगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्नुका साथै राष्ट्र तथा विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गर्दै कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न सिङ्गो मानव समुदाय एकताबद्ध हुन र धैर्य गर्न आवश्यक रहेको भन्दै उहाँले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको कठिन परिस्थितिमा गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक बनेको उल्लेख गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।