शनिबार, बैशाख १५, २०८१

चन्द्रागिरि नगरपालिकामा नगरपालिका सिल गरेर कोभिड परीक्षण गरिदै

काठमाडौ जेठ ६, चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपाभित्र कोरोना सङ्क्रमित देखिएपछि जेठ ७ गते बिहानसम्मका लागि नपा सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले लकडाउनको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका सिल गरेर कोरोना परीक्षणको दायरा बढाइएको जानकारी दिदै पछिलो समय चन्द्रागिरीले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पिसीआर र आरडिटी परिक्षण गर्दै आएको बताउनुभयो ।

हालसम्म चन्द्रागिरि नगरपालिकाले ५०० भन्दा धेरै व्यक्तिको पिसीआर र आरडिटी परीक्षण भइसकेको छ यद्यपी यसवीचमा माृफसलबाट आएका पाँच जनामा कोभिड संक्रमण देखिएको उहााले जानकारीदिनु भएको छ । त्यस्तै यसवीचमा चन्द्रागिरिले नगरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीको समेत कोरोना परीक्षण गरिने तयारी भएको समेत उहाँले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।