शनिबार, बैशाख १५, २०८१

कोभिड संक्रमणका कारण २ वर्षीया बालिकाको मृत्यु ,आजैमात्रै १६६ नयाँ संक्रमितको पुष्टि

काठमाडौ जेठ १८,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज मात्रै १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १५ सय ६७ पुगेको जानकारी दिनु भएको छ।

प्रवक्ता डा देवकोटाका अनुसार रौतहटमा २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोटमा १८ दैलेखका १८ , सप्तरी राजगढका १२ जना, सर्लाहीका १० जना, बाँकेका ८ जना, पर्सा ५ र कपिलवस्तुमा ५ जना, झापाका ४ जना, कैलाली ३ र बाजुरामा ३ ३ जना, स्याङ्जाका २ जना, तनहुँ १ र मोरङमा १ जना त्यस्तै सुर्खेतमा ४ महीने एक बालिकामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्ते उहाँले आजै मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्जसंगै नेपालमा कोरोना निको हुनेको संख्या २२० पुगेको छ भने बाजुरामा आइतबार मृत्यु भएकी दुई बर्षीया बालिकासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यसैवीच डडेलधुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको पनि मृत्यु भएको छ । । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा क्वारेन्टाइनमा ती बालक मृत्यु भएको हो । मृतक वालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाइएपनि रिपोर्ट भने आइनसकेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।