शुक्रबार, बैशाख १४, २०८१

मापदण्ड विपरित बनाईएका स्यानिटाइजरको प्रयोग आफैमा जोखिम :विभाग

काठमाडौं चैत २६ , औषधि व्ययवस्था विभागले कोरोना भाइरस कोभिड १९ को उच्च संक्रमण बढ्दो जोखिम संगै बजारमा यो वा त्यो नामका निम्न कोटीका स्यानिटाजरको विक्री वितरण भइरहेका गम्भीर चासो सहितको चिन्ता व्यक्त गरेको छ ।

विषम अवस्थाको यस घडिमा मुनाफा आर्ज गर्ने नाममा विश्वस्वास्थ्य संगठनको मापदण्ड विपरित बनाईएका स्यानीटाजरले कोभिड १९ को संक्रमण लाइ नियन्त्रण गर्नु भन्दा पनि थप समस्या सिर्जना गर्ने भएकाले सम्भावित जोखिमको ख्याल गर्दै बजारमा पाइयो भन्दैमा जुन पायो त्यहि स्यानिटाजर प्रयोग नर्गन र व्यवसायीलाइ पनि विक्रि वितरण नर्गन आग्रह गरेको छ ।

त्यस्तै स्यानिटाजरमा   Ethyl  वा ISopropy अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनुपर्ने मान्यता विपरित मेथानोलको प्रयोग गर्दै अल्कोहलको मात्रा पनि अपुग भएको स्यानटाजर बनाउँदै विक्री वितरण भएको भेटिएसंगै विभागले यस्तो न्यून गुणस्तर विषाक्त स्यानिटाजर खरिद गरी प्रयोग नगर्न भनेको हो ।

साथै विभागले यस किसिमको स्यानिटाजरको उत्पादन तथा विक्री वितरण गर्नेलाइ हदैसम्को कारवाही गर्ने चेतावनी सहित उपभोक्तालाइ पनि खरिदको समयमा लेवलको अध्ययन गर्न आज  विभागका महानिर्देशक नारायण ढकालद्दारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।