शुक्रबार, चैत्र १६, २०८०

पछिल्लो २४ घन्टामा कुनै नयाँ संक्रमित देखिएको छैन : डा देवकोटा

२ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण

काठमाडौं चैत २६ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घन्टामा नयाँ संक्रमित देखिएको जानकारी दिदै मुलुकमा हालसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको जानकारी दिनु भएको छ।

त्यस्तै प्रवक्ता देवकोटाले काठमाडौं उपत्याकाभित्र १९६५ जनाको र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण गरिएको त्यस्तै उपत्यका र उपत्यकाबाहिर गरी जम्मा २ हजार ३ सय ६६ जनाको परीक्षण गर्ने क्रममा त्यस्तो नयाँ संक्रमित कोहि नदेखिएको जानकारी दिनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.26 #COVID-19

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.26#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Mittwoch, 8. April 2020

साथै उहाँले हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये १ जना उपचार पछि घर फर्किसकेको जानकारी दिदै अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको डा देवकोटाले जानकारी दिनु भएको छ । साथै उहाँले उपत्यका र उपत्यका वाहिर गरि कुल १३४ जना आइसोलेसनमा रहेको जानकारी  दिनु भएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।