शनिबार, बैशाख १५, २०८१

मानवीय भावना, समर्पण र साहस नै कोभिड-१९को महामारीबाट बाहिर निस्कने मुख्य मार्ग : नगरप्रमुख  गिरि

यस्तो छ  चन्द्रागिरि नगरपालिका नगरप्रमुख गिरीको सक्रियता, सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफुखुसी सहायता वितरण नगर्न आव्हान

काठमाडौं चैत १७ , विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको आदेश संगै चन्द्रागिरि नगरपालिकाले संक्रमण रोक्नकालागि हरसंभवको प्रयास गर्दै आएको छ ।

यस वीचमा नगरपालिकाका प्रमुख घनश्याम गिरिले नगरपालिका मातहतको स्वास्थ्यकर्मी र नगरबासीको स्वास्थ्य सुरक्षा संगै स्वास्थ्य सेवाको सहजीकरणको लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट अर्थात एएभ् र अन्य सुविधाको व्यवस्थापन गर्दै थानकोट प्राथमिक अस्पताललाई उपलब्ध गराएको छ।
विषम परिस्थितीको यस घडिमा नगर उपप्रमुख समेतको उपस्थितीमा तत्काललाइ ऊ सस्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नगरपालिका प्रमुख गिरिले आवश्यक अनुरुप अन्य सामानको तुरुन्त व्यवस्था गर्ने जानकारी दिनु भएको छ ।

त्यस्तै उहाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्न अन्र्तगत जारी लकडाउन आदेश कुनै रहका नभइ विषम परिस्थितीको न्यूनिकरणका एवम नागरिककोे सुस्वास्थ्यको लागि भएको बताउँदै यसको पालना गर्नु नागरिकको दायित्व भएको बताउँदै मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निस्कने मुख्य मार्ग भएकाले लकडाउन आदेशको पालना गर्न सवै नगरवासीहरुलाइ आव्हान समेत गर्नु भएको छ ।

त्यस्तै मुलुकको यस विषम अवस्थामा अत्याआवश्यक खाधान्न लागयत दैनिक उपभोग्य सामाग्री खरिदको लागि बजारमा जाँदा पनि मास्क लगाउँदै १९१ मिटरको सामाजीक दुरी कायम गर्दै सामाग्री खरिद गर्न समेत अपिल गर्दै थानकोठ चेकपोष्ठको अवस्थाको जानारी लिने स्थानीय फिल्डमा खटिएका सुरक्षाकर्मीलाई खानेपानीको व्यवस्थापन गर्ने जस्ता अत्याआवश्कीय कार्य सम्पादन गर्दै आयरहेको भएको छ ।

यसैवीच आइतवार गृहमन्त्री रामबहादुुर थापाको अध्यक्षतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, महानगरपालिका तथा नगरपालिकाका प्रमुखको उपस्थिती बसेको बैठकले मुलुकको विषम परिस्थितीको यो समयमा आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्ने गर्ने गरि १० बुँदे निर्णय गरेको छ ।

प्रस्तुत निर्णय कार्यान्वयनका लागि नगर प्रमसख गिरिले आफु नेतृत्वको नगरपालिका अन्र्तगत रहेका नगर क्षेत्र र वडा समितिमा आपूर्ति व्यवस्थापनलाई सहज बनाउन वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व समेत रहने गरी समिति गठन गर्ने त्यस्तै नगरमा रहेको विपन्न् व्यक्तिको लगत तयार गर्दै राहत वितरणको तयारी संगै चन्द्रागिरि नगरमा विदेशबाट आएका व्यक्तिको अभिलेखिकरण गर्दै नियमन गर्ने जस्ता महत्वपूर्ण कार्य सम्पादन गर्दै आउँनु भएको छ ।

त्यस्तै अत्याआवश्यक दैनिक उपभोग्य सामाग्रीको बिक्री वितरण गर्दा न्यूनतम एक मिटरको दूरी कायम गर्ने, वडास्तरीय समितिले आफ्नो वडाभित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिको लगत सङ्कलन गर्दै समितिले सहयोगस्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने र यसरी सहयोग उपलब्ध गराउदा चार जनाको परिवारलाई पुग्नेगरी एउटा र चारजनाभन्दा बढी परिवार भएकालाई अर्को प्याकेज बनाउँने निर्णय गरेको छ ।

त्यस्तै उहाँले विष परिस्थिीको यस घडिमा कुनैपनि सङ्घ संस्थाले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहलाई सम्पर्क गर्दै समिति मार्फत गर्न सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफुखुसी सहायता वितरण नगर्न समेत  आव्हान गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।