शनिबार, बैशाख १५, २०८१

चन्दागिरी प्रमुख प्रशासकीय अधिकृत  पौडेल  १ लाख घुस रकम सहित पक्राउ 

काठमाडौं माघ २० , चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल  र उनका सवारी चालक  संचित दुलाल १ लाख घुससहित पक्राउ परेका छन्।

अख्तियारका प्रवक्ता प्रदिप कोइरालाका अनुसार आइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि चन्द्रागिरी नगरपालिका वडा नं. १२ स्थित वलम्बु च्याउ सहकारी अगाडी जाँदै गर्दाको अवस्थामा पुगेको अख्तियारको टोलीले प्रमुख प्रशासकीय अधिकृत पौडेलरनिजका सवारी चालक दुलाल लाइ  घुस रकम सहति  सहित पक्राउ गरेको जनाएको   छ ।

 यसैवीच  आयोग टोलीले  यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत अधिकृत (छैठौतह) शिवलाल पौडेललाई सेवाग्राही दिपक खतिवडाले सवारी कर र प्रदुषणबापतको रकम तिर्नका क्रममा   १३ हजार लिदै दिदाको  रकम सहित कार्यालय परिसरबाट  दुबै जनालाई  पक्राउ गरेको  जनाएको   छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।