काठमाडौं माघ १, सरकारले केही समयअघि मात्र सामाजिक सुरक्षा योजना ल्याएको छ । यसबीच केही निजी व्यावसायिक प्रतिष्ठानहरुबाट सुरक्षा योजनाका विषयमा केही विरोधहरु समेत आइरहेको सन्दर्भमा सञ्चारकेन्द्र नेपालले “सामाजिक सुरक्षा कोष ः भ्रम र वास्तविकता” विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सामाजिक सुरक्षासम्बन्धी करको विषयमा, धेरै तलब खाने कर्मचारीहरुको बीचमा केही अप्ठ्याराहरु रहेका भएपनि सामाजिक सुरक्षा योजना आकर्षक योजना भएको बताउँदै राष्ट्रियसभाका सदस्य राम नारायण विडारीले सामाजिक सुरक्षा ऐन संविधानको पालना भएको भएपनि केही व्यक्तिहरुले यसलाई असफल पार्न प्रयत्नशील रहेको बताउनुभयो । साथै उहाँले अस्थायी र ज्यालादारी कर्मचारीहरु समेत सामाजिक सुरक्षा योजनाको हकदार भईरहने कानुनमै स्पष्ट भएको दाबी गर्नुभयो ।
त्यस्तै कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो समय बजारमा सामाजिक सुरक्षासम्बन्धी हल्लाहरु फैल्याइएकोमा आपत्ति जनाउँदै यथार्थतमा गएर आफूँहरुको आलोचना गर्न सुझाव दिदै उहाँले सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार योजनामा केन्द्रीत वटा स्किममा आधापरित रहेको बताउनुभयो ।
कार्यक्रममा बैंकर संघका सिइओ अनिल शर्माले सामाजिक सुरक्षा कोष आफूँहरुको आपत्ति नभएको भन्दै सामाजिक सुरक्षा योजना अन्र्तगत केही कन्फ्युजन रहेको बताउँदै निजी क्षेत्रको कर्मचारी र निजामति क्षेत्रका कर्मचारीबीच विभेद भएको कर्मचारी तहबाट गुनासो आएकाले सामाजिक सुरक्षा कोषलाई यस विषयमा जानकारी गराईसकेकाले कोषले छिट्टै यससम्बन्धमा निष्कर्ष निकाल्नेमा आफुँ आशावादी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईंले पछिल्लो समय सरकारले ल्याएको सामाजिक सुरक्षासम्बन्धी योजनाहरु समग्र श्रमिकहरुको हक हितमा भएकाले यसलाई प्रभावकारी ढँगले कार्यन्वयन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी कार्यक्रममा टेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, वरिष्ठ अधिवक्ता रमेश वडाल, सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीलगायतका वक्ताहरुले आफ्नो सान्र्दभिक भनाई राख्नुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान