शनिबार, बैशाख १५, २०८१

सहिद निर्गुणको स्मृतिमा माल्यापर्ण सहित श्रद्धाञ्जली

काठमाडौं माघ १६, शहीद दिवसका अवसरमा आज नेपाली काँग्रेस १९ वडा इकाइ समितिले जन आन्दोलन ०४६का अमर सहिद निर्गुण स्थापितको सम्झना गरेको छ । काँग्रेस वडा इकाइका सदस्य एवम् वडा न.१९ का निर्वाचित वडा सदस्य चन्द्रमान डंगोलको अगुवाइमा यट्खास्थित सहिद स्थापितको शालिकमा एक अनौपचारिक कार्यक्रमकावीच माल्यापर्ण सहित श्रद्धाञ्जली अपर्ण गरिएको थियो ।

त्यस क्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी काठमाडौं काँग्रेस क्षेत्र न.८का क्षेत्रीय सभापति राजेश श्रेष्ठ काठमाडौं महानगरपालिका वडा न २० का अध्यक्ष   राजेन्द्र मान्नधर, काँग्रेस  १९ वडा इकाइ समितिका पदाधिकारी लगायतले पुष्पगुच्छा अर्पण गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।