शुक्रबार, बैशाख १४, २०८१

साग फुटबल : नेपालद्वारा २–१ गोल अन्तरमा माल्दिभ्स पराजित

काठमाडौं मंसिर २१ ,  १३औँ दक्षिण एशियाली खेलकूद अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सवीच आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

नेपालले आज माल्दिभ्सलाइ पराजित गरेसंगै सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा रहनुको अलावा फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

आजको खेलमा शुरुआती अग्रता भने माल्दिभ्सले लिएपनि नेपालका अभिषेक रिजालले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ५२औँ मिनेटमा नेपालका लागि सुनिल बलको कर्नरमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाइ विजयी बनाएका हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।