शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिद्वारा पुस ४ का लागि संघीय संसदको हिउँदे अधिवेशन आह्वान

काठमाडौ मंसिर २४,  राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो पुस ४ गते संघीय बूनेगरि संसदको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते संघीय संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरे राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम पुस ४ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्नु भएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।