बिहिबार, बैशाख ६, २०८१

पत्रकार र सर्वसाधरणमाथि लाठी, मुक्का बर्साउने प्रहरी अफिसरमाथि छानबिन हुने

संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न महासंघको माग

काठमाडौ मंसिर २४,  १३औं सागको पुरुष फुटबल अन्र्तगत आजको नेपाल र भुटानवीचको फाइनल खेल हेर्न रङ्गशाला पुगेका समर्थक र पत्रकारमाथि कुटपिट गर्ने डिएसपीमाथि छानबिन हुने भएको छ । पत्रकार र सर्वसाधरणमाथि लाठी, लात्ती र मुक्का बर्साउने कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवर र सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोष सिंह राठौरमाथि छानबिन हुने भएको हो ।

दुई जना प्रहरी अफिसरले सर्वसाधारणलाई अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै प्रहरीको अहिले सर्वत्र विरोध भइरहेको छ । कुटपिटमा संलग्न प्रहरीमाथि कडा कारबाही हुनुपर्ने माग उठिरहेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले सर्वसाधारणमाथि कुटपिट गर्ने अफिसर माथि कारवाही हुने जानारी दिदै घटनाको पूर्ण जानकारी आएसंगै प्रहरी दोषी देखिए तत्काल कारवाही हुने बताए । प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको तस्विर र भिडियो लिइरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँलाइ समेत डिएसपीले मुक्का प्रहार गरेका छन् ।

यसैवीच नेपाल पत्रका महासंघले १३औं दक्षिण एसियाली खेलकुद सागको समाचार सकंलनका क्रममा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईलााई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दशरथ रंगशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रंगशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार संकलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्वीर खिच्ने क्रममा प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईमाथि लाठी प्रहार गरेका थिए । लाठी प्रहारबाट पत्रकार चापागाईको कानबाट रगत बगी त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।

संवैधानिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि जिम्मेवार प्रहरी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै महासंका महासचिव रमेह विष्टले जारी गरेको विज्ञप्तिमा प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण बनाएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।