शनिबार, बैशाख १५, २०८१

खण्डग्रास सूर्यग्रहण जारी ,११ बजेर ३१ मिनेटमा समाप्त हुने

काठमाडौ पुस १०,  अहिले खण्डग्रास सूर्यग्रहण लागिरहेको छ । प्रस्तुत ग्रहण २०७६ सालको अन्तिम हो। यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । त्यस्तै यो सूर्यग्रहण मूल नक्षत्रमा परेकाले बुध, वृहस्पति र शनि अस्तसंगै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने भएकै कारण अप्रत्यासित घटनाक्रम उच्च संभावना रहेको बताईएको छ।

साथै आज ११ बजेर ३१ मिनेटमा समाप्त हुने ग्रहण खगोलविद् तथा ज्योतिषशास्त्रीका अनुसार नांगो आँखाले हेर्न नहुँने बताउँदै ग्रहण अनुकुल नरहेका राशीले ग्रहणको समयमा दाँया वाँया नगर्दा राम्रो हुने बताएका छन ।

त्यस्तै जारी खण्डग्रास सूर्यग्रहण सुदूरपश्चिमको महेन्द्रनगरमा ८ बजेर ३८ मिनेटमा सुरु भई ११ बजेर १९ मिनेटमा सकिनेछ भने पूर्वको झापामा भने ८ बजेर ४८ मिनेटमा सुरु भई ११ बजेर २७ मिनेटमा सकिनेछ तर काठमाडौंमा बिहान १० बजेर १ मिनेटमा मध्य हुने ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त हुने  र   काठमाडौंमा १० बजेर १ मिनेटमा अधिकतम रूप लिँदा केही अँध्यारो र तापक्रम  समेत  घट्ने बताईएको छ।

ज्ञात रहोस सूर्य वा चन्द्रमाको आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ। पूरै भाग कालो हुने ग्रहणलाई चाहिँ खग्रास ग्रहण भनिन्छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।