शनिबार, बैशाख १५, २०८१

नेकपाका दर्जनौं कार्यकर्ता कांग्रेसमा, सहमहामन्त्री महतद्दारा स्वागत

दाङ मंसिर ८ , नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता बलबहादुर बस्नेतको नेतृत्वमा कुलबहादुर वली, टेकबहादुर विक, मनिराम बुढाथोकी, बलबहादुर बुढा, भद्रबहादुर बुढाथोकी, राजकुमार बुढाथोकी, तिलक घर्ती, टोपेन्द्र बुढाथोकी, मंगलसिंह बुढा, मिनबहादुर कुँवर, जोगबहादुर घर्ती, तिलक बस्नेत, पूर्णबहादुर घर्ती, वीरबहादुर बुढाथोकी, तिलकबहादुर घर्ती, वेलमती पुन, गौसरी पुन, पनिता वली, पूर्णकला परियार, निमकुमारी बुढाथोकी,यज्ञ बुढाथोकी लगायत चार दर्जन नेताकार्यकर्तालाइ कांग्रेसमा भित्र्याएका छन।

आइतबार दाङको दुर्गम बस्तिहरु पन्चकुले,ढोलपुर र मलईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सहमहामन्त्री डा.महतले कम्युनिस्टले जनतालाई झुटा आश्वासन दिएर प्रलोभन देखाउने गरेको कुरा पुष्टि भइसकेको बताए । ‘कांग्रेसले झुट बोल्दैन, जे बोल्छ त्यो गर्छ,’ नेता महतले भने, ‘कम्युनिस्टले कुरा एउटा काम अर्कै गर्छन् ।

सुशासनका गफ दिएर देशमा भ्रष्टाचार र बलात्कार बढाएका छन् । जनतालाई सुरक्षा छैन ।’ कम्युनिस्टको बढ्दै गएको मनपरी नियन्त्रण गर्न कांग्रेस दाङको उपनिर्वाचममा नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार केशवराज आचार्यलाई मतदान गरी जिताउन उनले आह्वान गरेका छन्। दाङमा प्रवेश गरेका नव प्रवेशी हरु पनि कांग्रेस उम्मेदवार केशवराज आचार्यलाई जिताउन प्रचारप्रसार जुटेका छन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।