मङ्लबार, चैत्र ६, २०८०

सरकारी छाप किर्ते मुद्दाका फरार अभियुक्त छविलाल पक्राउ परेसंगै कारागार चलान

काठमाडौ मंसिर ८ , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी छाप किर्ते मुद्दामा फरार रहेका चितवन कल्याणपुरका २६ वर्षीय छविलाल तामाङलाई शुक्रबार राजधानीको रातोपुलबाट पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ ।

पक्राउ परेका तामाङलाई किर्ते मुद्दामा काठमाडौँ जिल्ला अदालतमा एक वर्षको कैद सजाय फैसला गरेको जनाउँदै अदालतको फैसला मुताविक निजलाइ जेल चलान गरिएको व्यूराले जनाएको छ ।

ब्यूरोका अनुसार निजले यातायात व्यवस्था कार्यालय वीरगञ्जको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाइकल नम्बर र ब्लुबुक नक्कली बनाएको आरोपमा पक्राउ परेसंगै सरकारी छाप किर्ते मुद्धा चलाइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।