शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति अमिदको भ्रमणको क्रममा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह

काठमाडौ कार्तिक २५ . महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलवारबाट शुरु हुने बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका क्रममा सवारी व्यवस्थापनको लागि बैकल्पिक सवार मार्गको प्रयोग गर्न उपत्यकावासीलाईे अनुरोध गरेको छ ।

महाशाखाले आज एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म जारी रहने बङ्गलादेशका राष्ट्रपति हमिदको नेपाल भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नर्गनुको अलावा मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको हो । त्यस्तै विज्ञप्तिमा सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ । यसैगरी उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न चालकलाई आग्रह समेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।