शुक्रबार, बैशाख १४, २०८१

महासंघले दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रदर्शन गर्ने

काठमाडौं मंसिर ६, नेपाल पत्रकार ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’का अवसरमा मंसिर ८ गते उपत्यकासहित सातै प्रदेशमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गर्ने भएको छ ।  नेपाल पत्रकार महासङ्घले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै प्रदर्शन गर्ने लागेको महासङ्घका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्त्मिा उल्लेख गरिएको छ ।

त्यस्तै विञप्त्मिा महासङ्घको अभिलेखअनुसार नेपालमा विसं २०५२ देखि शुरु भएको सशस्त्र द्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने पाँच पत्रकार बेपत्ता अवस्थामा रहेको जनाउँदै यसमध्ये पाँच पत्रकारको हत्यामा संलग्नलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिलाइएको र ४ जनाको न्यायिक प्रक्रियामा रहेको उल्लेख गरिएको छ । साथै बाँकीको हकमा अझै प्रभावकारी ढङ्गले कानूनी कारवाही अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।

 

साथै महासङ्घको सञ्चार अनुगमन एकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ वैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु अभिलेख भएका छन् । प्रेस स्वतन्त्रता हनन्का घटनाहरुमा पत्रकारमाथि धम्की, दुव्र्यवहार, आक्रमण, समाचार सङ्कलनमा अवरोधका घटना संगै पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने क्रम बढ्दो क्रममा रहेको उल्लेख गर्दै द्वन्द्वकाल मारिएका पत्रकारका परिवारलाई न्याय र दोषीलाई कारवाहीका लागि महासङ्घले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भए पनि गम्भीर छानबिन र थप प्रक्रिया अघि बढ्न सकेको छैन । त्यस्तै बेपत्ता पत्रकारको हकमा पनि सत्यतथ्य पत्ता लगाउने विषयमा ठोस प्रगति नभएको जनाइएको छ ।

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।