शुक्रबार, बैशाख १४, २०८१

मनोनयन दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको आयोगको जनाउ

काठमाडौ कार्तिक २२ , आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति उपनिर्वाचनमा उम्मेदवारका रूपमा मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ तथा प्रदेशसभा सदस्यका लागि भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं १, बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं २ को २ र दाङ जिल्ल्ला निर्वाचन क्षेत्र नं ३ मा उम्मेदवारी दिएकाहरू उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको आयोगले आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ज्ञात रहोस आयोगले प्रकाशित निर्वाचन तालिकामा मनोनयन दर्ता गराएको कुनैपनि उम्मेदवार विरुद्ध कुनै उजुरी भए सम्बन्धित जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीका लागि आज बिहान ११ देखि अपराह्न ५ बजेसम्मको समयसिमा तोकेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।