शुक्रबार, बैशाख १४, २०८१

महरालाई कारबाही गर्ने कि नगर्ने भन्नेमा प्रहरी दुविधाग्रस्त

पक्राउ नगर्न नेकपाको दबाब

काठमाडौ असोज १८ वलात्कार प्रकरणका कारण  निवर्तमान  बन्न पुगेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने रु प्रहरी दुविधाग्रस्त देखिएको छ। ‘लिखित उजुरी नआई कसरी समात्ने रु ’, उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन। त्यसैले कानुनी कारबाहीको बाटो साँघुरिएको हो।’

महरालाई तत्काल पक्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ। ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डकै सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन्’, ती स्रोत भन्छ, ‘तर, महरालाई पक्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै दबाब छ। यसले पनि हामीलाई दुविधा गराएको हो।’

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार महरालाई पक्राउ मात्रै नगरिएको हो। उनलाई प्रहरीले अभियुक्तसरहकै व्यवहार गरिरहेको छ खवर आजको अन्नपूर्ण पोस्टमा प्काशित रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।