बिहिबार, बैशाख १३, २०८१

नत जमरा राख्छन  नत विजया दशमीको टिका प्रसादनै..

काठमाडौं असोज १७ , उपत्यका लगायत देशैभर वडादशै मनाइदै गर्दा ललितपुरस्थित खोकनामा भने वडादशै नभए सिकाली जात्रा मनाउँने गरिन्छ ।

खोकनाका नेवार समुदायले वडादशैको अवसरमा नत जमरा राख्छन  नत विजया दशमीको टिका प्रसादनै यहाँका बासिन्दा सिकालीलाई मुख्य पर्वका रूपमा मनाउने गर्छन्।

त्यस्तै विजया दशमीमा अन्य हिन्दू धर्मावलम्बी टीका र जमरामा रमाउँदै गर्दा खोकनावासी भने जात्रा सकेर आराम गरिरहेका हुन्छन् ।

सिकाली जात्रा अन्र्तगत षष्ठीको दिन सिकाली मन्दिर परिसरमा जात्रा हुन्छ । त्यसक्रममा १४ जनाले मुकुट लगाएर देवताको भेष प्रदर्शन गर्छन् । यस्तै, ४६ जनाले विभिन्न देवताको भेषमा नाच देखाउँछन् । त्यसपछि रुद्रायणीको मूर्तिलाई टोलटोलमा घुमाइने परम्परा रहिआएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।