बुधबार, बैशाख २६, २०८१

पत्रकार सिवाकोटीको सुरक्षामा गम्भीर बन्न महासंघको ध्यानाकर्षण

काठमाडौं असोज १७ , नेपाल पत्रकार महासंघले प्रकाशित वा प्रशारित समाचारप्रति गुनासो रहेमा वा चित्त नबुझेमा त्यसउपर उजुर गर्ने र न्यायिक प्रक्रियामार्फत त्यसलाई सम्बोधन गर्ने कानुनी मार्ग रहँदा रहदै त्यसलाई बेवास्ता गरी समाचारकै विषयमा पत्रकारलाई धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका सदस्य एवम् हाम्रा कुरा डटकमका सम्पादक अजयबावु सिवाकोटीलाई समाचार लेखेको वा सार्वजनिक गरेकै कारण यो वा त्यो नाममा दिइएको धम्की प्रेस स्वतन्त्रता विरुद्धको कार्य रहेको जनाउँदै महासंघले पत्रकारमाथि हुने गरेको यस्ता अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्ति वा समुहउपर छानविन र कानुनी कारबाहीका लागि राज्यसंग जोडदार माग गरेको छ ।

त्यस्तै कृष्णबहादुर महरा प्रकरणको विषयमा समाचार ब्रेक गरेका सिवाकोटीको सुरक्षामा आँच आउनु भनेको खोजी पत्रकारिताको प्रवद्र्धनमा आघात पु¥याउने कार्य हो भन्ने विषयमा महासंघ प्रष्ट रहेको बताउँदै प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै स्वतन्त्र पत्रकारिताको अभ्यासको वातावरण सुनिश्चित गर्न महासंघले सम्वद्ध सवैमा आह्वान गर्दै पत्रकार सिवाकोटीको सुरक्षामा गम्भीर बन्न सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930