शुक्रबार, बैशाख १४, २०८१

नेपाल–चीन वीचको सम्बन्ध सगरमाथा जस्तै उच्च छ : राष्ट्रपति भण्डारी

काठमाडौ असोज २६ , राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीनवीचको सम्बन्ध सगरमाथा जस्तै उच्च रहेको बताउनुभएको छ । समकक्षी राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिवार साँझ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै राष्ट्रपति भण्डारीले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रस्तुत भ्रमणले नयाँ मार्ग प्रशस्त गरेको बताउनुभएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले मन्तव्यकै क्रममा नेपाल र चीनबीच सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गर्दै नेपालको लुम्बिनी गौतमबुद्धको जन्मस्थल मात्र नभएर बौद्धदर्शनको उद्गमस्थल पनि हो । बुद्धका शाश्वत उपदेशहरूले मानव जातिलाई शान्ति, सहिष्णुता र सह–अस्तित्वको मार्गदर्शन गरेका छन् । तसर्थ लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्वपूर्ण सहयोगको अपेक्षा गरेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले गत अप्रिलमा आफुले गरेको चीनको राजकीय भ्रमणको क्रममा भएका सहमति र सम्झौतामध्येका महत्वपूर्ण सहमति अन्र्तगत दस्तावेजमध्ये पारवहन तथा यतायात सम्झौताको प्रोटोकलले चीनका तीन वटा भूबन्दरगाह तथा चार वटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको जनाउ दिदै भूकम्पपश्चात्को पुनःनिर्माणमा चीनले पु-याएको उदार सहयोगको उच्च प्रशंसा गदै उहाँले आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा गर्नु भएको छ । साथै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नका लागि मित्रराष्ट्र चीनसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता राखेका जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।