शुक्रबार, बैशाख १४, २०८१

सुरक्षा संवेदनशील क्षेत्रमा बनेका ठूला भवन सरकारले अधिग्रहण गर्ने

काठमाडौ भाद्र १६ , सरकारले सुरक्षा संवेदनशील क्षेत्रमा बनेका ठूला भवनका सम्बन्धमा अध्ययन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ ।

सुरक्षा संवेदनशील क्षेत्रमा बनेका ठूला भवनका विषयगत अध्यनका लागि काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिले आवश्यक अध्ययन पछि सिंहदरबार, कारागार, राष्ट्रपति कार्यालयलगायत सैनिक मुख्यालय आसपासका क्षेत्रमा भवन निर्माणको क्रममा निश्चित मापदण्ड अपनाइनु पर्ने र बनिसकेको भवनलाइ समेत सरकारले आफ्नो क्षेत्राधिकारमा लिनु पर्ने जस्ता सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो ।

त्यस्तै प्रतिवेदनमा महाराजगंजस्थित राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको सिइ रियलस्टेट र सिंहदरबारको दक्षिण ढोका अगाडिको ‘इमिरो प्लाजा’ सुरक्षाका दृष्टिले अधिग्रहण गर्नुपर्ने उल्लेख गर्दै समितिले दिएको प्रतिवेदन मन्त्रालयले आइतवार आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा गृह सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक , ससस्त्र प्रहरी महानिरीक्षक ,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख , काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काठमाडौ उपत्यका विकास प्राधिकरणका प्रमुखलगायतको उपस्थितिमा भएको बैठकले कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।