शुक्रबार, बैशाख १४, २०८१

नेवार समुदायलाई कात्तिक ११ गते लक्ष्मीपूजा, १३ गते भाइटीका मनाउन मंका खलःको आव्हान

पञ्चाङ्ग निर्णायक समितिले पात्रो सार्वजनिक गर्दा तिथिसंगै परम्परादेखि चल्दै आएको व्यवहारलाइ ध्यान नदिएको आरोप

काठमाडौ असोज ६ /अनुप प्रधान ,  नेपालभाषा मंका खलः ले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको वर्ष ०७६को पात्रोमा लक्ष्मीपूजा ,म्हःपूजा नेपाल संवत र भाइटीकाको सवालमा तिथि मिति वेमेल भएको जनाएको छ ।

राजधानीमा आज वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको उपस्थितीमा  पत्रकार सम्मेलनको आयोजना गर्दै मंका खल:ले आसन्न पर्व अन्र्तगत कात्तिक ११ गते सोमबार औंसीका दिन लक्ष्मीपूजा , नयाँ वर्षको पहिलो दिनमा नै म्हःपूजा र कात्तिक १३ गते बुधबार द्धितीयाको दिन भाइटीका मनाउन तमाम नेवार समुदायलाई आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा वाङ्मय शताब्दीपुरुष जोशीले पञ्चाङ्ग निर्णायक समितिले पात्रो सार्वजनिक गर्दा तिथिसंगै परम्परादेखि चल्दै आएको व्यवहारलाइ ध्यान नदिएको बताउँदै अव उपरान्त यस विषयमा गम्भीर हुन आग्रह गर्दै यसवर्षको पात्रोमा यस्तै अलमलको स्थिती सिर्जना भएको बताउँन भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा प्राडा त्रिरत्न मानन्ध ,खलका सचिव नरेशविर शाक्य लगायतले पनि प्रस्तुत प्रसंगमा  धारणा अभिव्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।