मङ्लबार, अशोज ७, २०७६
BigTop ताजा

भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मदिन अर्थात जन्माष्टमी पर्व मनाइदै

काठमाडौं भाद्र ६ , प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन ललितपरको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर सहित अन्य कृष्ण मन्दिमा समेत भक्तजनको घुइचो लाग्ने गर्दछ   ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वसुदेव र देवकीको ८ औं गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी मध्यरातमा श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको पाइन्छ ।  समग्रमा भन्नु पर्दा मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धर्तीमा अवतरित हुनुभएका श्रीकृष्णले नै पुतना, कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त गराई मानव मात्रलाई भयमुक्त बनाउनुभएको थियो । यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भागवत गीतामा भन्नुभएको छः

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

अर्थात् जबजब  धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धर्तीमा जन्म लिनेछु । भगवान् श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ ।

त्यस्तै आजको दिन ललिपुरको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, बूढानीलकण्ठस्थित श्रीकृष्ण मन्दिर, तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा सहित मेल लाग्ने गर्दछ । यसै क्रममा ललिपुर मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिरको दर्शनको लागि राष्ट्रप्रमुखको सवारी चलाइने परम्परा रहिआएको छ  प्रस्तुत पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि २०६४ साल यता विदा काटिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू