शनिबार, बैशाख १५, २०८१

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

काठमाडौं साउन २२,  भारतकी भूतपूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ। ६७ वर्षीय नेतृ स्वराजको ‘कार्डियो अरेस्ट’ का कारण गएराति निधन भएको भारतीय सञ्चारमाध्यn]   जनाएको छ । मंगलबार साँझ अस्वस्थ भएपछि उनलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको समाचार माध्यमले जनाएको हो ।

नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारको पहिलो कार्यकालमा उनी विदेशमन्त्री थिइन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘भारतीय राजनीतिको एउटा महान अध्याय समाप्त भएको छ, भारत आफ्नो एक असाधारण नेताको निधनमा शोक मनाइरहेको छ ।’

भारतीय जनता पार्टीका अध्यक्ष एवं केन्द्रीय गृहमन्त्री अमित शाहले पनि स्वराजको निधनबाट आफू निकै दुःखी भएको बताएका छन् ।त्यस्तै कांग्रेस पार्टीका नेता राहुल गान्धीले सुषमा स्वराज विपक्षी पार्टीसँग पनि मित्रता गर्ने नेता रहेको स्मरण गर्दै उनको निधनमा दुःख प्रकट गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।